‘एक्स्ट्राेसन’ मुद्दामा पक्राउ परेका आराेपीकाे डायरीमा प्रचण्ड, ओली र देउवाकाे नाम

पोखरामा ५ करोड रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटका लक्ष्मण दर्जी र कुश्मा–१४ का दीपकबहादुर क्षेत्री छन्। उनीहरू दुबै जनालाई पोखरा–८ सिमलचौरबाट बुधबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।

उनीहरूले पोखरा–१६ का प्रकाशदीप गैरेलाई धम्की दिएर ५ करोड फिरौती माग गरेको प्रहरीले जनाएको छ। उनीहरूले गैरेलाई फोन तथा म्यासेजमार्फत हत्या गर्ने धम्की दिएका थिए। गैरेका परिवारलाई समेत हत्या गर्ने उनीहरूले धम्की दिएको प्रहरीले जनाएको छ।

उनीहरू दुवै जना करिब १ महिनादेखि पोखरा सिमल चौरमा बस्दै आएका थिए। दर्जी कतारमा ४ वर्ष बसेर एक महिनाअघि मात्रै नेपाल आएका थिए। उनीहरूको साथबाट प्रहरीले विभिन्न व्यक्तिहरूको नाम उल्लेख गरिएको पाना, किताब, नोट बुक, भारतीय सिम, खुकुरी, गाँजा, भरुवा बन्दुकमा लाग्ने केप, रन्दा मेसिन र गेलेण्डर मेसिनसमेत बरामद गरेको बताएको छ।

उनीहरुको साथबाट पक्राउ परेको डायरीमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवासहित केही नेताको नाम लेखिएको कास्की प्रहरीले जनाएको छ।

उनीहरुले ‘राइट किड्स’ लेख्दै ३० भन्दा बढी व्यक्तिको नाम लेखेका छन्। रिच किड्स लेखेर नेता व्यापारी, गुन्डा, भू-माफिया, मेडिकल माफिया, म्यानपावर माफियाको नाम उल्लेख रहेको प्रहरीले जनाएको छ।

बिग मनी बिग टार्गेट, किन्डन्याप, फिरौती, सुट आउट, प्रोटक्शन मनी, गणतन्त्र, राजतन्त्र, धर्म निरपेक्षता, हिन्दू राष्ट्र, नेता, व्यापारी गुण्डा, भू-माफिया, औद्योगिक माफिया, मेडिकल माफिया, म्यानपावर माफिया लेखिएका पानासमेत प्रहरीले बरामद गरेको जनाएको छ।

अभियुक्त क्षेत्री यसअघि पर्वतमा २०७९ सनलान हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा चलेको र २०७१ मा पोखरामा अभद्र व्यवहारमा मुद्दा चलेको प्रहरीले बताएको छ।

उनीहरूलाई अपराधिक लाभ, हातहतियार तथा खरखजना र लागुऔषध सम्बन्धी मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर