ठूलो मात्रामा साउदी रियाल र युएई दिराम विदेश लग्दै गर्दा पक्राउ परिन सुस्मिता

ठूलो मात्रामा साउदी रियाल र युएई दिराम विदेश लग्दै गर्दा एक युवती पक्राउ परेकी छिन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान गेटबाट ठूलो मात्रामा साउदी रियाल र दुएई दिराम विदेश लगिरहेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ की १९ वर्षिय सुस्मिता गोलेलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

फ्लाई दुबईमार्फत दुबई जान लागेकी गोलेको ब्यागेज चेकिङ एरियामा सुरक्षा चेकजाँच गर्ने क्रममा १० हजार युएई दिराम र १ लाख ४९ हजार साउदी रियालसहित उनलाई विमानस्थल सुरक्षा प्रहरीले नियन्त्रणमा लिएको हो।

साथै, सो कार्यमा संलग्न सोही गाउँपालिका वडा नम्बर २ कै ३४ वर्षिय माइला स्याङ्बोलाईपनि विमानस्थलको बाहिर गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

थप अनुसन्धानका लागि उनीहरूलाई राजश्वन अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर