रास्वपाले विघटन गर्‍याे कर्णाली प्रदेशका सबै कमिटी र विभाग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशका सबै कमिटी विघटन गरेको छ ।

आइतबार साँझ बसेको रास्वपा सचिवालयको बैठकले कर्णाली प्रदेशमा विशेष अभियानको आवश्यकता देखिएको निष्कर्ष निकाल्दै प्रदेशदेखि वडासम्मका सबै समिति र विभाग भंग गर्ने निर्णय गरेको हो।

रास्वपा महामन्त्री मुकुल ढकालका अनुसार कर्णाली प्रदेशका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी तीन महिने कर्णाली विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको हो।

यस्तै आइतबार बसेको रास्वपा सचिवालय बैठकले विभागमा उपप्रमुख र सदस्य मनोनयन पनि गरेको छ।

जसअनुसार केन्द्रीय मानवीय विकास प्रवर्द्धन विभागको उपप्रमुखमा पवन देवकोटा, केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सदस्यमा ज्ञानेन्द्र महतारालाई मनोनयन गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *