परराष्ट्रसचिव लम्साल र भारतीय समकक्षी क्वात्राबीच भेटवार्ता

परराष्ट्रसचिव सेवा लम्साल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । नयाँदिल्लीमा रहेकी लम्साले बुधबार क्वात्रालाई भेटवार्ता गरेकी हुन् ।

भेटवार्तामा भारत र नेपालबीचको बहुआयामिक सम्बन्ध र सहयोगबारे छलफल भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।

एसिया इकोनोमिक डायलगमा भाग लिन परराष्ट्र सचिव सेवा लम्साल मंगलबार भारत प्रस्थान गरेकी हुन् । भारतको पुणेमा आयोजना हुने कार्यक्रममा परराष्ट्र सचिव लम्साल नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ । परराष्ट्र सचिव लम्सालले पदभार ग्रहण गरेपछि उनको यो पहिलो भारत भ्रमण हो ।

सचिव लम्सालले मंगलबार भारतका विदेश मामिलामन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् । विदेश मामिला मन्त्री जयशंकरले मंगलबार सामाजिक सञ्जाल एक्समा परराष्ट्र सचिव लम्साललाई दिल्लीमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका थिए । उनले दुई देशबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूमा प्रगतिको बारेमा सुन्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *