कर्णाली सरकारबाट कांग्रेसका ३ मन्त्रीले राजीनामा दिँदै

कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका तीन जना मन्त्रीले राजीनामा दिने भएका छन् । केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै कांग्रेसका प्रदेशमन्त्रीले प्रदेश सरकार छोड्न लागेका हुन् ।

कर्णालीको ८ सदस्यीय प्रदेश मन्त्रिपरिषदमा कांग्रेसबाट अर्थमा वेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री छन् ।

मन्त्री बिसीले गठबन्धन फेरिएकाले मुख्यमन्त्रीलाई राजीनामा बुझाउन लागिएको जानकारी दिए । उनीहरू गत वैशाखमा मन्त्री भएका थिए । सोमबार एमाले र माओवादीलगायत दल मिलेर नयाँ सत्ता गठबन्धन बनाएपछि त्यसको असर प्रदेशसम्म पुगेको हो । नयाँ सत्ता गठबन्धनले प्रदेशमा पनि भागबण्डा वा आलोपालोका आधारमा सरकार बनाउने निर्णय गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *