प्रधानमन्त्री दाहालले राजनीतिक बेइमानी गरे: कांग्रेस

कांग्रेसले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले कांग्रेस सदैव गठबन्धनप्रति इमान्दार रहेको दाबी समेत गरेको छ ।

बैठकका निर्णय सुनाउँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका मूल्य, मान्यता, गठबन्धनमा रहँदा भएका सहमतिलाई अक्षरशः पालना गर्नेगरी कांग्रेस प्रस्तुत हुँदासमेत प्रधानमन्त्री दाहालले कांग्रेसलाई विश्वासघात गरी गठबन्धनमाथि बेइमानी गरेको ठहर कांग्रेसले गरेको बताए ।

प्रधानमन्त्रीले गठबन्धन भत्काउनुपरेका कारणहरु काल्पनिक, कपोलकल्पित र तथाकथित रहेको कांग्रेसले निष्कर्ष निकालको छ । प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्योल र अनिश्चिततातिर लैजाने काम गरेको जिकिर कांग्रेसको छ ।

‘पछिल्लो समयमा गठबन्धनका तर्फबाट प्रधानमन्त्री बनेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालजीले गठबन्धनलाई, हामीलाई विश्वासघात गरेर गठबन्धन भत्काउनु भयो । उहाँले जुन कारणहरु विभिन्न ढंगले भनिरहनुभएको छ, ती अत्यन्त काल्पनिक, कपोकल्पित र तथाकथित कारणहरु देखाएर गठबन्धन भत्काउनु भयो,’ लेखकले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *