घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा कांग्रेस लाग्दैन : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेस अब घरघरमा पुगेर देउसी खेली नयाँ सरकार बनाउने धन्दामा नलाग्ने उल्लेख गरे ।

उनले कांग्रेस अहिलेको सरकार भत्काउन धार्नी पुर्‍याउनेतर्फ नलाग्ने पनि बताए । उनले कांग्रेस अब जनताका मुद्दाहरु लिएर खरो रुपमा उत्रिने टिप्पणी गरे ।

उनले धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ हुने भएकाले कांग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने स्पष्ट पारे । उनले कांग्रेसबाट सरकारमा गएका केही मन्त्रीहरुको भुमिका मन्त्रीको रुपमा चित्त बुझ्दो नभएको कुरा कांग्रेस आफैँले भनेको भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेर्नुको सटट हतार गरेर नयाँ गठबन्धन बनाएको आरोप लगाए ।

महामन्त्री शर्माले चालु अधिवेशनमार्फत विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *