युद्धस्तरमा काम गर्नुपर्ने प्रधानमन्त्री पदबाट हट्ने डरमा हुनुहुन्छ: थापा

कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल पदबाट हट्नुनुपर्ने डरमा रहेको बताएका छन् । आइतबार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले प्रधानमन्त्रीको कुर्सी बन्नुभन्दा पहिलादेखि नै हल्लिएको बताएका हुन् ।

उनले कतिखेर धकेलिने र लड्ने भन्ने डर प्रधानमन्त्रीमा रहेको जिकिर गरे । डराएको प्रधानमन्त्रीले युद्धस्तरमा काम गर्न नसक्ने उनको भनाय छ । नेपाली राजनीति फोहोरी खेलमा गएको दाबी गर्दै थापाले राजनीति विकृत बनाएको कारणले गर्दा पदको लोलुप्ता देखिने गरेको बताए ।

‘हाम्रो निर्वाचन प्रणालीलाई पनि ठीक बनाउनु पर्छ । किनकी यो ठीक नहुँदै गर्दा नेपालले प्राप्त गरेको अवसर गुमाउने भयो । १४÷१५ वर्ष मात्रै हामीसँग बाँकी छ । त्यसपछि नेपाललाई बुढ्यौली लाग्छ । हामीले त वार फुटिङमा काम गर्नुपर्छ । प्रत्येक दिन, प्रत्येक रात, नेपालको प्रधानमन्त्रीले, नेपालको वडाध्यक्षले, मेयरले, प्रत्येक सांसदहरुले वारको बेलामा जस्तो काम गर्नुपर्छ । भूकम्प आयो भने, ठूलो विपद् आयो भने हामी कसरी काम गर्दछौँ, उद्धार गर्छौं, लाग्छौँ भिड्छौँ । त्यस्तो वार फुटिङमा काम गर्नुपर्नेमा हाम्रो ध्यान सरकार टिकाउन, बदल्न, गएको छ,’ उनले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *