प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सोमबार ह्वीप जारी गर्दै विपक्षमा मतदान गर्न निर्देशन दिएका हुन् । कांग्रेसले आफ्ना सांसदहरुलाई संसदमा अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको छ ।

प्रधानमन्त्री दाहालले बुधबार संसदमा विश्वासको मत लिने कार्यतालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *