मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गर्ने तीन जना पक्राउ

रौतहटमा मनि ट्रान्फसरका सञ्चालकमाथि गोली प्रहार भएको छ । शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीले बताए ।

उनका अनुसार गोली चलाउने समूह मध्येका तीन जनालाई समेत पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ । गिरीले पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको बताए ।

‘घाइतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ’, उनले भने, ‘प्रारम्भिक अनसन्धानबाट लुटेराको समूहले लुटपाट गर्ने उदेश्य गोली चलाएको पाइएको छ ।’ यसअघि संसदमा रौतहटका सांसद किरण कुमार साहले गोली चलेकोबारे सभामुखको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर