प्रधानमन्त्रीको अफर छोडेर गृहमन्त्री बन्दैमा अपराधी हुँदैन, दोषी देखिए सरकार छोड्नुपर्छ : उपप्रधानमन्त्री महासेठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिरुद्ध लागेको आरोपमाथि छानबिन जारी रहेको बताएका छन्।

बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले छानिबनमा दोषी देखिए सरकारबाट बाहिर जानुपर्ने बताए। दोषी जो कोही भए पनि कारबाहीको दायरामा आउने उनको भनाइ थियो।

उनले गृहमन्त्री लामिछानेलाई नेपाली कांग्रेसले प्रधानमन्त्री अफर गर्दा नमानेर अहिलेको सत्ता गठबन्धनमा आएकाले विरोध गरिरहेको आरोप लगाए। उनले प्रधानमन्त्रीको अफर गर्दा ठिक र गृहमन्त्री बन्दा अपराधी भन्नु गलत रहेको बताए।

उपप्रधानमन्त्री महासेठले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल चल्ने दाबी गरे। भौतिक पूर्वाधारको विकास नगरीकन देश समृद्धितर्फ जान नसक्ने भएकाले सरकारको पहिलो लक्ष्य नै भौतिक पूर्वाधारसँग सम्बन्धित विकास रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *