राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

सत्तारुढ दलको भागबण्डाका कारण राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । गत फागुन २१ मा बनेको नयाँ सत्ता समीकरणको राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको पदमा भागबण्डा गरिने सहमतिअनुसार अर्यालले राजीनामा दिएकी हुन् ।

सत्ता गठबन्धनको भागबण्डाअनुसार माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्ष पाउने सहमति भएको थियो । त्यसैअनुसार माओवादीका नारायण दाहाल राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भइसकेका छन् ।

अब उपाध्यक्ष पनि सत्ता गठबन्धनकै अर्को कुनै दलबाट भागबण्डामा परेको छ । अर्यालले बिहीबार राष्ट्रिय सभा अध्यक्ष दाहाललाई राजीनामा पत्र बुझाएकी छन् ।

सत्ता गठबन्धनको सुरुको सहमतिमा एमालेले उपाध्यक्ष पद लिने सहमति भएको थियो । एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच भएको लिखित सहमतिमा राष्ट्रिय सभा उपाध्यक्ष पद एमालेले लिने बुँदा उल्लेख थियो । तर, गठबन्धनमा नेकपा एकीकृत समाजवादी पनि प्रवेश गरेपछि उक्त बुँदा गायब बनाइएको थियो । राष्ट्रिय सभा उपाध्यक्षमा गठबन्धनबाट एसको दाबेदारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर