इलाम-२ मा आज औपचारिक उम्मेदवारी घोषणा गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज शनिबार इलाम–२ को उपनिर्वाचनका लागि औपचारिक उम्मेदवार घोषणा गर्दैछ ।
रास्वपाले दलबलसहित शनिबार दिउँसो १ बजे इलाम नगरपालिका–७ लाकुरी चौताराको चोक बजारमा उम्मेदवारी घोषणा कार्यक्रम गर्दैछ ।

रास्वपाले बिहीबारमात्रै इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उम्मेदवारी घोषणा सभालाई सभापति रवि लामिछाने र उपसभापति डा.स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी, सहप्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य तोसिमा कार्कीलगायतका नेताले सम्बोधन गर्ने छन् ।

आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका छ ।

प्रतिक्रिया

One thought on “इलाम-२ मा आज औपचारिक उम्मेदवारी घोषणा गर्दै रास्वपा

Leave a Reply

Your email address will not be published. Required fields are marked *