एसपी बढुवामा कांग्रेसको प्रश्न : वरिष्ठलाई किन पाखा लगाइयो ?

नेपाल प्रहरीको हालै भएको डीएसपीबाट एसपी बढुवा सिफारिसको क्रममा वरीयतामा अगाडि रहेका अधिकारी नपरेकोमा कांग्रेसले संसदमा प्रश्न उठाएको छ ।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले एसपी बढुवा सिफारिसमा वरीयतामा १ र ६ नम्बरमा रहेका अधिकारीलाई छाडेर पछिल्ला वरीयताका अधिकारीलाई प्राथमिकतामा दिएकोमा प्रश्न गरे ।

‘वरिष्ठतम १ र ६ लाई पाखा पार्दै सत्ता गठबन्धन सिन्डिकेटको नियोजित अन्यायबाट सरकारको सुशासनको रटानको धज्जी उडेको छ भने भनाइ र गराइमा ठूलो विषमता देखिएको छ,’ उनले भने ।

शीर्ष नेताहरुको अंगरक्षकलाई बढुवाको दबाबका कारण लामो समयदेखि रोकिएको नेपाल प्रहरीको एसपी बढुवा सिफारिसमा तिनै अधिकारीलाई समावेश गरिएको थियो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवाबढुवामा अनावश्यक हस्तक्षेप नगर्ने जनाउँदै आए पनि एसपी बढुवा सिफारिसको क्रममा भने शीर्षस्थ नेताका अंगरक्षकलाई समावेश गर्न प्रहरी प्रधान कार्यालयलाई दबाब दिँदा वरीयतामा अगाडि रहेका प्रहरी अधिकारी बढुवा सिफारिसमा छुटेका हुन् ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा प्रधानमन्त्री पुष्पकमल दाहालका पूर्व अंगरक्षक डीएसपीहरु बढुवा सिफारिसमा परेका छन् । बढुवा सिफारिस हुनेमा ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरे छन् । पहिलो वरीयतामा रहेका डीएसपी प्रदीपबहादुर क्षत्री, ६ नम्बर वरीयताका नारायण रन्जितकार बढुवा सिफारिसमा छुटेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *