उपनिर्वाचनका उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको संसदीय बोर्ड र कार्य सम्पादन समितिको बैठक आज बस्दै छ ।

संसदीय बोर्डको बैठक दिउँसो २ बजे र कार्य सम्पादन समितिको बैठक दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो । संसदीय बोर्डको बैठकले गरेको निर्णय कार्य सम्पादन समितिको बैठकले अनुमोदन गर्ने छ ।

आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि र बझाङको क्षेत्र नम्बर १ (१)मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । इलाममा तत्कालीन एमालेका सांसद सुवास नेम्वाङको निधन भएकाले र बझाङमा तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।

नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनको उम्मेदवार टुंगो लगाएर प्रचार प्रसार सुरु गरिसके पनि नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *