आरोप लाग्नासाथ सांसदबाट पनि राजीनामा दिने सर्वदलीय सहमति गरौंः सांसद वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले आरोप लाग्नासाथ पदबाट राजीनामा गर्नुपर्ने नजिर स्थापित गर्न सर्वदलीय सहमतिको प्रस्ताव गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद वाग्लेले सहकारी प्रकरणको सम्बन्धमा गृहमन्त्री रवि लामिछानेलाई रोष्टममा उभिएर बोल्न नदिएर निषेध गरिएको बताए । उनले यस प्रकारको असहिष्णुता र अनुदारवाद कहाँबाट आयो भनी प्रश्न समेत गरे ।

आरोप लाग्नासाथ मन्त्रीबाट मात्रै होइन, सांसदबाट पनि राजीनामा गर्नेगरी सर्वदलीय सहमति गर्न उनले प्रस्ताव गरे ।

‘सर्वदलीय सहमति गरौँ, आरोप लाग्नासाथ सबले राजीनामा गरौँ । मन्त्रीले मात्र होइन, सांसदले पनि राजीनामा गरौँ । र आरोप लाग्यो, जाहेरी प¥यो भने राजीनामा दिने र संसदीय समिति गठन गर्ने नजिर स्थापना गर्न तयार हो ? सर्वदलीय सहमति गरौँ, यो हो भने पहिलो हस्ताक्षर राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नेछ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *