सुनसरीमा दुई समूहको झडपपछि प्रहरीको हवाई फायर, दुई पालिकामा निषेधाज्ञा

सुनसरीमा दुई समूहबीच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ६ राउन्ड हवाई फायर गरेको छ । बिहीबार एसइईको परीक्षा हुँदै गर्दा हरिहर गाउँपालिका–१ स्थित बालकृष्ण माध्यमिक विद्यालयमा विद्यार्थीमाथि कुटपिट भएको थियो ।

त्यो घटनालाई लिएर आज हरिनगर गाउँपालिका–१ भुटाहामा दुई समूहबीच झडप भएपछि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ ।

यस्तै, सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालले आज मध्याह्न १२ बजेदेखि लागूू हुनेगरी दुुई पालिका हरिहर र देवानगन्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *