स्वदेशी उत्पादन उपभोग गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुमा आधारित उत्पादन उपभोग गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय उद्यम विकास सहजकर्ता महासङ्घ नेपालको काठमाडौँमा आयोजित दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा आज उनले स्वदेशी वस्तुमा आधारित उत्पादनलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै नेपाली उत्पादन उपभोग गर्नुपर्नेमा जोड दिएका हुन् । उनले स्वदेशी वस्तु उत्पादनमा सरकाले सहुलियत प्रदान गर्ने पनि बताए ।

विश्व बजारमा नेपाली उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिँदै उनले तीनै तहका सरकारको समन्वय जरुरी रहेको औँल्याए । मन्त्री भण्डारीले रुग्ण उद्योग सञ्चालनका लागि सरकार लागिपरेको उल्लेख गरे ।

अन्यत्र देशबाट कच्चा पदार्थ ल्याएर बजारमा प्रतिस्पर्धा गर्न नसकिने उल्लेख गर्दै उनले स्वदेशी स्रोत साधनमा आधारित उद्योग नै हाम्रा लागि उपयुक्त हुने बताए । उनले युवाहरूको उद्यमशीलताका लागि उद्योग मन्त्रालय हरसम्भव सहयोगका लागि तत्पर रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *