रास्वपा संसदीय दलको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्ने भएको छ ।

बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरवारमा आइतबार साँझ ५ बजे बस्ने तय छ ।

बैठकमा संसदको कामकारबाहीमा पार्टीको प्रभावकारी उपस्थिति र भूमिकाको सम्बन्धमा छलफल हुने रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

यस्तै, संसदमा प्रस्तुत विधेयकरूमाथि पार्टीको साझा धारणा बनाउने, रास्वपाबाट सरकारमा गएका मन्त्रीहरूले गरेका काममा सम्बन्धमा समेत बैठकमा छलफल गर्ने एजेण्डा रहेको परियारले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *