कोशीमा प्रदेश सभाको विशेष अधिवेशन आह्वान

कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले वैशाख ६ गतेका लागि प्रदेश सभा विशेष अधिवेशन आह्वान गरेका छन् । संविधानको धारा १८३ को उपधारा ३ अनुसार वैशाख ६ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको हो ।

एमाले र माओवादी केन्द्रका सांसदहरूले विशेष अधिवेशन आह्वान माग गर्दै गत सोमबार समावेदन गरेपछि प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेका हुन् । प्रदेश सभाको एक चौथाइभन्दा बढी सदस्यले विशेष अधिवेशन माग गरेका छन् ।

केन्द्रमा नयाँ सरकार गठन भएपछि कोशीमा अहिले सत्ताको रस्साकस्सी चलेको छ । सरकारबाट एमाले र माओवादीले समर्थन फिर्ता लिएका छन् भने माओवादीका मन्त्री पनि सरकारबाट फिर्ता भएका छन् ।

तर, संविधानअनुसार सरकार बन्ने अन्तिम धाराबमोजिम सरकार गठन भएकाले पदबाट राजीनामा नदिने अडान मुख्यमन्त्री केदार कार्कीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *