जाजरकोटमा ३.७ रेक्टरको परकम्प

जाजरकोटको बटौली बजारलाई केन्द्रविन्दु बनाएर आज ३ बजेर १६ मिनेटमा परकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोट इलाकालाई केन्द्रविन्दु बनाएर परकम्प गइरहेको हो । आज बिहान ३ बजेर ५३ मिनेटमा पनि सोही स्थानमा परकम्प गएको केन्द्रले जनाएको छ ।

गत कात्तिक २७ मा जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पमा परी १ सय ५७ जनाको मृत्यु भएको थियो । त्यसयता लगातारजसो जाजरकोटमा परकम्प गइरहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *