विभाजित भयो जसपा, भट्टराईले नयाँ पार्टी खोल्ने

पूर्व प्रधानमन्त्री तथा जनता सामाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई नयाँ राजनीति दल खोल्ने भएका  छन् ।
काठमाडौंमा आयोजित दुई दिने विस्तृत बैठकले जसपा पुनर्गगठन गर्ने निर्णय गरेको हो । भट्टराईको साथमा पूर्व मन्त्री महिन्द्रा राय यादव छन् ।
भट्टराईसँग केन्द्रीय कार्य समितिको बहुमत नभएको र दल विभाजनका लागि कानुनको अभावको कारण नयाँ राजनीति दल गठन गर्ने वा निर्वाचन आयोगमा दर्ता भएको कुनै दलमा समावेश हुने विकल्प मात्रै बाँकी रहेको छ ।

पार्टीभित्र विवाद चर्किदै गर्दा गत फागुन ५ गते नै भट्टराई निकट दीपक लामिछानेले ‘समावेशी लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता गरेका छन् । दर्ता नम्बर १ सय ८ रहेको सो दल रहेको सो दलको चुनाव चिन्ह आँखा रहेको छ ।

माओवादीबाट अलग्गिएर भट्टराईले बनाएको नयाँ शक्ति पार्टीको चुनाव चिन्ह आँखा रहेको थियो ।

भट्टराईले पुनर्गठित आफ्नो पार्टी मधेशमा पहिलो शक्ति हुने दावी विस्तारित बैठकमा गरेका थिए । उनले मधेश प्रदेशमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र पश्चिम मधेशमा रेशम चौधरीको उन्मुक्ति पार्टी नेपालसँग चुनावी तालमेल हुने बतएका छन् । अन्यत्र माओवादी, कांग्रेस र एमालेसँग पनि तालमेल गरेर चुनाव लड्न सकिने बताएका छन् ।

अर्कोतर्फ वीरगञ्जमा जारी रहेको केन्द्रिय कार्य समितिको बैठकले भट्टराईमाथि कारवाही गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर