नेप्से परिसूचक ५६.११ अंकले वृद्धि

मंगलबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । सोमबार १६ अंकले बढेको नेप्से परिसूचक मंगलबार ५६.११ अंकले वृद्धि भएर १९३०.९९ बिन्दुमा पुगेको हो ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स ३.०४ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स २.८३ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.११ प्रतिशतले बढेको छ ।

मंगलबार कारोबारमा आएका २३१ कम्पनीको ३९ लाख ७१ हजार ५९४ कित्ता शेयर १ अर्ब २९ करोड ६६ लाख ४ हजार ६४२ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

नेप्सेका १३ उपसमूह सकारात्मक देखिएको छ । जसमा अन्य उपसमूहको सबैभन्दा बढी ५.२८ प्रतिशतले बढेको छ । त्यस्तै फाइनान्स ५.४ प्रतिशत, व्यापार उपसमूहको ४.५६, हाइड्रोपावर ४.३७ प्रतिशतले बढेको छ । विकास बैंक र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ, होटल तथा पर्यटन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

मंगलबार न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने युनियन हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, दिव्यश्वरी हाइड्रोपावर र प्रोग्रेसिभ फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । आज एनआईसी एशिया बैंकको ६ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर