सबै वडामा महिला सञ्जाल गठन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय

काठमाडौं महानगरपालिकाले सबै वडाहरूमा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सो निर्णय गरिएको औंपचारिक जानकारी गराएकी हुन् ।

बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जाल : गठन र सञ्चालनसम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै उनलेसो सञ्जाल एक हप्ताभित्र सबै वडाहरूमा गठन गरिसक्न पनि वडाहरूलाई निर्देशन दिइन् ।

महानगरपालिकाकी न्यायिक समितिककी संयोजकसमेत रहेकी उपमेयर डंगोलले सो सञ्जालमा काम गर्दाखेरि पुरुषहरूमाथि कुनै पनि किसिमको विभेद नहुने पनि बताइन् ।

काठमाडौं महानगरपालिकाले यसअघि नै समाजमा हुने द्वन्द्व व्यवस्थापनका लागि भन्दै सबै वडाहरूमा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ । उपमेयर डंगोलले समाजमा मेलमिलापको वातावरण निर्माण गर्दै महिला र पुरुषबीचको विभेद अन्त्य गर्न सो केन्द्र पनि स्थापना गर्नु परेको बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *