ईश्वर पोखरेलले सार्वजनिक गरे २८ प्रतिबद्धता

नेकपा (एमाले)का तर्फबाट काठमाडौं क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।

आगामी मंसिर ४ मा हुन लागेको निर्वाचनका लागि पोखरेलले यहाँ आयोजित कार्यक्रममार्फत प्रतिबद्धता सार्वजनिक गर्दै संविधानको रक्षा र कार्यान्वयनमा नेतृत्वदायी र समन्वयकारी भूमिका प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘स्थानीय तहको निर्वाचनमा जारी नेकपा (एमाले)को घोषणापत्र, प्रतिबद्धतापत्रको कार्यान्वयन गर्न केन्द्र र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिलाई विशेष सहयोग र समन्वय गर्ने प्रतिबद्धता गर्दछौं,’ प्रतिबद्धतापत्रमा भनिएको छ। भौतिक संरचना निर्माण गर्दा भिन्न रूपले सक्षम नागरिक तथा बालबालिकामैत्री संरचना निर्माण गर्न पहल गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ।

नेकपा (एमाले)ले आगामी निर्वाचनमा प्रदेश सभा (१) मा पार्टीका केन्द्रीय सदस्य नारायण सिलवाल र प्रदेश सभा (२) मा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलालाई उम्मेदवार बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर