एमाले एक्लैले बहुमत ल्याउँछ : विष्णु पौडेल

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन्।

रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाको प्रत्यक्षतर्फका उम्मेदवार पौडेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादीसँगै मिलेर सरकार बनाउने बताएका हुन्।

शनिबार बुटवलमा आयोजित खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरूको भेलामा बोल्दै उनले निर्वाचनपछि बन्ने एमाले नेतृत्वको सरकारले खेलकुद क्षेत्रको विकासको माध्यमबाट मुलुकको प्रतिष्ठालाई अझै उचाइमा पुर्‍याउने आश्वासन दिए।

उपाध्यक्ष पौडेलले निर्वाचनपछि पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने उल्लेख गर्दै त्यसपछि मुलुकको समृद्धिको अभियानले गति लिने बताए। उनले रूपन्देही २ मा एमालेलाई धेरै फराकिलो मतान्तरले विजयी गराउनका लागि सहयोग गर्न खेलाडीहरूलाई आग्रह गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *