नेप्से परिसूचकमा सामान्य अंककाे गिरावट, काराेबार रकम पनि घट्याे

मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्से परिसूचक २.५७ अंक घटेर १९५६.३६ बिन्दुमा झरेको हो । त्यस्तै सेन्सेटिभ इण्डेक्स १.१२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३० अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५३ अंकले घटेको छ ।

मंगलबार कारोबारमा आएका २२६ कम्पनीको २७ लाख ७३ हजार कित्ता शेयर १ अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबारको तुलनामा मंगलबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ । जसमा जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी १.०३ प्रतिशत बढेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक करिव १ प्रतिशत बढेको छ भने निर्जीवन बीमा र वित्त उपसमूहको परिसूचक सामान्य बढेको छ । तर, व्यापार उपसमूहको परिसूचक भने १.५६ प्रतिशत घटेको छ ।

मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटे पनि लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयरमूल्य ४.२२ प्रतिशत बढेको छ । त्यस्तै गुराँस लघुवित्तको शेयर मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य साढे ३ प्रतिशतभन्दा बढी बढेको छ । तर यता कालिका लघुवित्तको शेयर मूल्य ५.७७ प्रतिशत घटेको छ भने मन्दाकिनी हाइड्रोपावर ४ प्रतिशतभन्दा बढी घटेको छ । आज शिवम सिमेन्ट्सको ८ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर