नेपाल प्रहरीमा चार एआईजी पद खाली

नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को चार वटा पद खाली भएको छ।

एआईजीको ५६ वर्षे उमेरहदका कारण एआईजीहरू विश्वराज पोखरेल, मुकुन्दराज आचार्य, अरूणकुमार बीसी र रवीन्द्रबहादुर धानुक अनिवार्य अवकाशमा गएसँगै चार एआईजी पद रिक्त भएको हो।

अनिवार्य अवकाशमा गएका एआईजीद्वय बीसी र धानुकलाई बिहीबार प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले बिदाइ गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *