आसन्न चुनावबाट देश ठूला पार्टीमुक्त हुन्छ : पशुपति शमशेर जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले मंसिर ४ गतेको चुनावबाट देशलाई ठूलो पार्टी मुक्त बनाउने बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नम्बर २ ले साँखुमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वअध्यक्ष राणाले मंसिर ४ गतेको निर्वाचनपछि देशलाई ठूलो पार्टी मुक्त बनाउने बताएका हुन्।

उनले राप्रपा सनातनधर्मी र मुलुकप्रति इमान राख्ने पार्टी भएको भन्दै देशका दुई ठूला पार्टीहरु पापीहरुले भरिएको पार्टी भनी टिप्पणी गरे। उनले संसदमा सबै पार्टी चाहिने उल्लेख गर्दै संसदमा गएर राप्रपाका नेताहरुले खबरदारी गर्ने बताए। उनले मुलुकको संरक्षण गर्ने एक मात्र विकल्प राप्रपा भएको बताए।

कार्यक्रममा बोल्दै राप्रपाको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले आफ्नो क्षेत्रमा ३३ वर्षदेखि आएको बजेटको फाइल पल्टाउने बताइन्। ३३ वर्षदेखि सो क्षेत्रमा विकास हुन नसकेको भन्दै उहाँले क्षेत्रले आफूलाई नै कुरेको बताइन्।

उनले क्षेत्र नं. २ बनाउनका लागि आफू आएको बताइन्। पोखरेलले आफ्ना प्रतिष्पर्धीहरुमध्ये सांसद नभइकन नै आफूले युवा, महिला र स्वास्थ्यको क्षेत्रमा धेरै काम गरेको बताइन्।

उनले आफ्नो जित निश्चित भएको दाबी गरिन्। उनले क्षेत्रको विकासको लागि जनतासँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *