उपभोक्ताको मानव अधिकार हनन हुन नदिन व्यवसायी सचेत हुन जरुरी : अध्यक्ष मगर

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसायीहरूलाई मानव अधिकार हनन हुन नदिन सचेत रहन आग्रह गरेका छन् ।

व्यावसायिक घरानाहरूबाट पनि मानव अधिकार हननका घटना हुने गरेकाले त्यसो हुन नदिने गरी काम गर्न उनीहरू आफैं सचेत हुनुपर्ने उनको भनाइ छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष मगरले मानव अधिकार हनन हुन नदिने काममा खबरदारी गर्न सम्बन्धित पक्ष बढी सक्रिय हुनुपर्ने बताए । उनले हरेक क्षेत्रको कानून बनाएर मानव अधिकार हनन हुन नदिन सरकार प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।

अध्यक्ष मगरले उपभोक्ताको मानव अधिकार हनन हुन नदिनका लागि सरकारले आवश्यक नीतिगत र कानूनी व्यवस्था गर्न ढिलाइ गर्न नहुने बताए । उनले व्यवसायीहरूले मानव अधिकारको सम्मान नगरे कारबाही हुने कानूनी प्रबन्ध रहेको पनि स्मरण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *