सरकार बनाउन अवाञ्छित गतिविधिमा लाग्दैनौं, बाध्यता आइपरे पछि हट्दैनौं : गोकर्ण विष्ट

नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले आफूहरू सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा नलाग्ने बताएका छन् ।

आइतबार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै सचिव विष्टले एमालेले प्रतिपक्षमा बस्ने जनमत पाएको बताए । उनले आफूहरूले जनमतको विपरीत सरकार निर्माणको लागि अवाञ्छित र गैरसंसदीय गतिविधि नगर्ने बताए ।

उनले एमालेलाई सरकार गठनका लागि बाध्यता आइपरेमा भने पछाडि नहट्ने स्पष्ट पारे । सचिव विष्टले विगतमा सरकार बनाउने नाममा गैरसंसदीय गतिविधि हुने गरेको भन्दै एमालेले जनचाहनाविरुद्धका काम नगर्ने बताए । सरकार बनाउनका लागि एमालेललाई हतारो नभएको उनको भनाइ छ ।

उनले नेकपा (एमाले)लाई कमजोर बनाउनका लागि गत निर्वाचनमा वामपन्थीहरूले दक्षिणपन्थी शक्तिसँग गठबन्धन गरेको बताए उनले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चामा वैचारिक विचलन देखिएको पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर