पहिलो चरणमा माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

नेकपा (माओवादी केन्द्र) को तर्फबाट पहिलो चरणमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने भएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले पार्टीका तर्फबाट पहिलो चरणको मन्त्रीमण्डलमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधानमन्त्री बन्ने निर्णय भएको बताए । उनले यसअघिको नेपाली कांग्रेससँगको गठबन्धनमा सहमतिअनुसार कांग्रेसले धोका दिएको बताए ।

उनले पहिलो चरणमा गठबन्धनबाट माओवादीले नेतृत्व गर्ने सहमति भए पनि कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुवै छोड्न तयार नभएपछि विकल्प खोज्नुपरेको बताए । उपाध्यक्ष महराले बैठकमा समसामयिक परिस्थितिको विषयमा पनि छलफल भएको बताए ।

उपाध्यक्ष महराले ४ बजे प्रधानमन्त्रीको शपथग्रहणपछि आज नै सानो मन्त्रिपरिषद् गठन हुने पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर