माओवादीले माघ १२ गते बोलायो स्थायी कमिटी बैठक

सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटीको बैठक बोलाएको छ।

पार्टीको केन्द्रीय कार्यालयका अनुसार बैठक यही माघ १२ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी आयोजना गरिएको हो। बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको काम कारबाही तथा पार्टीका कामका बारेमा छलफल हुने कार्यक्रम तय भएको बताइएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भइसकेकोपछिको अवस्था, पार्टीका बाँकी कामलगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *