प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार विस्तार हुन सकेन : मन्त्री शर्मा

सञ्चर तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार विस्तार हुन नसकेको बताएकी छन्। बुधबार ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले वर्तमान समयको अनिवार्य आवश्यकताको रुपमा विकास भएको प्रविधिमा महिलाको पहुँच वृद्धि गरी सुरक्षा सम्मान र रोजगारीको विशेष व्यवस्था गर्न जरुरी रहेको बताइन्। उनले पछिल्लो समयमा सूचना प्रविधिको विकासले विश्वको स्वरुप नै परिर्वतन भएको उल्लेख गर्दै महिलाहरुमा अझै पनि हरेक क्षेत्रमा सहजता हुन नसकेको बताइन्।

उनले सूचना तथा प्रविधिको बढ्दो प्रयोग निरन्तर विकास र गतिशिलताबाट प्राप्त अवसरहरुमा महिलाको सहभागिता अभिवृद्धि हुँदै गए पनि प्रविधिको दुरुपयोगलाई रोक्नुका साथै साइबर सुरक्षा र सरकारी डाटाको सुरक्षासम्बन्धी विषयमा ध्यान केन्द्रित गर्नुपर्ने जरुरी देखिएको बताइन्।

उनले डिजिटल प्रविधिको उपयोगमा महिलाको पँहुच विस्तार गरी सेवा प्रवाह उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्दै राज्यका सबै तह र क्षेत्रमा महिलाहरुको सहभागितासहित समानता कायम गरी न्याय र समानतामा आधारित समृद्ध राष्ट्र निर्माण गर्ने सबैको ध्यान पुग्न जरुरी रहेको बताइन्।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले स्थानीय तहका न्यायिक समितिको क्षमता अभिवृद्धि मानव अधिकारमैत्री कानून निर्माण, बालविवाह र बाल श्रम अन्त्यको लागि सचेतना मुलक कार्यक्रम गर्दै आइरहेको बताए। उनले मानव अधिकारसम्बन्धी विभिन्न संवैधानिक आयोगहरुसँग समेत महिला अधिकारका बारेमा नीतिगत र कार्यगत तहका समन्वय र सहकार्य हुँदै आएको बताए।

अध्यक्ष मगरले महिला अधिकार संरक्षण र लैंगिक हिंसा अन्त्यका लागि सबैले आ-आफ्नो स्थानबाट योगदान गर्न आग्रह गरे। उनले सूचना प्रविधिमा महिलाको पुँहच अभिवृद्धि गर्न लगानी बढाउँदै महिलाको सम्मानपूर्ण जीवनयापन गर्ने वातावरण निर्माण गर्दै महिलाका सम्पूर्ण अधिकार संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर