उपरथी शाहीसहित तीन अधिकारीलाई यस्तो छ सजाय

सैनिक अनुशासन उल्लंघन गर्ने आफ्ना तीन उच्च अधिकारीलाई नेपाली सेनाले कारबाही गरेको छ । सेनाले उनीहरुलाई जरिवाना तथा सजायसहितको कारबाही गरेको हो ।

सजाय पाउनेमा एक उपरथी (जर्नेल), एक महासेनानी (कर्णेल) र एक प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) छन् । उपरथी प्रेम शाही, महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सिनालाई सैनिक अनुशासन उल्लंघन आरोपमा कारबाही गरिएको हो ।

याे पनि-

सेनाका उपरथी प्रेम शाही बर्खास्त

उनीहरुविरुद्ध सेनाका उपरथी (डीजीएमटी) प्रमुख बाबुराम श्रेष्ठको नेतृत्वको कोर्ट अफ इन्क्वायरीको छानविन समितिले कारबाहीका लागि सिफारिस गरेको थियो । उपरथी तारध्वज पाण्डेको नेतृत्वमा गठित कोर्टमार्शल कमिटीले शाहीलाई नगद दण्ड समेत र बाँकी दुई जनालाई दुई वर्षका लागि बढुवा रोक्ने निर्णय गरेको हो ।

शाहीमाथि पदको दुरुपयोग गरेर १५ करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको थियो । उनलाई भविष्यमा अयोग्य नठहरिने गरी २७ लाख नगद जरिवाना, सैनिक कल्याणकारी कोषबाट संचालित संस्थाहरुबाट कुनै पनि कल्याणकारी सेवा, सुविधा नपाउने, पेन्सन पट्टा बनाउँदा पट्टामा सैनिक पोशाक अंकित तस्बिर राख्न नपाउने गरी कारबाही भएको छ । उनले अवकासपछि नेपाली सेनाका रथी वृन्दले पाउने अन्य सेवाबाट पनि वञ्चित हुनुपर्नेछ ।

यी पनि-

सेनाका कर्णेल शाह र लेफ्टिनेन्ट कर्णेल तिमिल्सिना नियन्त्रणमा

उपरथी शाहीलाई सघाएको आरोपमा पक्राउ परेका दुई सैनिकलाई उपस्थित गराउन सर्वोच्चको आदेश

उपरथी प्रेम शाहीसहित तीनविरुद्ध उपरथी पाण्डेको नेतृत्वमा कोर्ट मार्सल

उपरथी प्रेम शाहीविरुद्धको अनुसन्धान सकियो, कोर्ट मार्सल गठनको तयारीमा जंगी अड्डा

उपरथी प्रेम शाहीको घरमा सैनिक प्रहरीको छापा

उमेर छलेर रथी बन्ने दाउमा रहेका उपरथी प्रेम शाही अवकाशको मुखमा हिरासतमा

सेनामा बेथिति–२: प्रधानसेनापति राणाले थुन्न आदेश दिएका उपरथी शाही, उमेर सच्याएर रथी बन्ने दाउमा

सेनामा बेथिति–१: उपरथीकी छोरी–बुहारीलाई लागेन सैनिक नियम

सेनामा बेथिति–३: बेलायतमा देशको नाम राख्ने प्रमुख सेनानी गुरुङलाई अधिकार माग्दा बदेँलको बात 

सेनामा बेथिति–४: सेनापति निकटलाई भ्रष्टाचारमा ‘छुट’, कोअईकै काम किर्ते

सेनामा बेथिति–५: यस्तो छ कल्याणकारीदेखि प्रधानसेनापति कोष रकम हिनामिनाको फेहरिस्त 

सेनामा बेथिति–६: ‘सेटिङ–शासन’ बिरुद्ध प्रधानमन्त्री, रक्षामन्त्री र सेनापतिलाई उजुरी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *