व्यक्तिगत चाहना त्यागेर देशको आवश्यक्ताअनुसार काम गर्न जरुरी : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले समाजलाई आर्थिक र सामाजिक विकास गरेर लैजानुपर्ने आवश्यकता रहेको बताएका छन्।

शनिबार काठमाडौंमा लायन्स क्लबको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा ठूलो परिवर्तन गरेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै अब समाजलाई आर्थिक र सामाजिक विकास गर्नुपर्ने दायित्व पूरा गर्न आवश्यक भएको बताएका हुन्।

उनले अहिले समाजले प्रणाली र प्रणालीलाई नेतृत्व गरिरहेका नेताहरू कुर्सीको लागि होडबाजी गरिरहेको प्रश्न उठाइरहेका बेला लायन्स क्लबले गरेका कामहरूबाट सिक्दै अघि बढ्न आवश्यक रहेको बताए।

सभामुख घिमिरेले आफ्नो व्यक्तिगत चाहनालाई त्यागेर देशको आवश्यक्तालाई मध्यनजर गरी अघि बढ्न जरुरी रहेको बताए।

‘अहिले हामी राजनीतिक ठूलो परिवर्तन गरेर समाजलाई आर्थिक र सामाजिक विकास गरेर महत्वपूर्ण घडीमा आइरहेका छौं, अनेकौं चुनौतीहरूको सामना गरिरहेका छौँ,’ उनले भने, ‘यतिबेला हाम्रो समाजले हाम्रो प्रणालीलाई र प्रणालीलाई नेतृत्व गरिरहेका नेताज्युहरूलाई कुर्सीको लागि होडबाजी मात्रै गरेका हुन् कि भन्ने प्रश्न खडा हुन थालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *