आईफोनको नक्कली विज्ञापन गरेर ठगी गरेको आरोपमा एक जना पक्राउ

अनलाइन वेबसाइटमा आईफोनको नक्कली विज्ञापन गरी ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हुम्लाको सिमकोट गाउँपालिका-४ घर भई भक्तपुरको सूर्यविनयाक नगरपालिका-२, बालकोट बस्ने २४ वर्षीय उपेन्द्र शाही छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बालकोटबाट पक्राउ गरी ठगीसम्बन्धी कसुरमा अनुसन्धान तथा कारबाही गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाएको छ।

कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार उनले ‘हाम्रो बजार डट कम’ नामक अनलाइन वेबसाइटमा ‘आईफोन १४ प्रोम्याक्स’ जस्ता महँगा मूल्यका आईफोन मोबाइल सेटहरू सस्तो मूल्यमा बिक्रीमा छ भन्दै आकर्षक विज्ञापन गरी पोष्ट गरेका थिए।

मोबाइल किन्ने व्यक्तिहरू सम्पर्कमा आएमा मोबाइलको मूल्य, डेलिभरी, कुरियर चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम लाग्छ भनी विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाता, ईसेवा तथा खल्ती वालेटहरूमा रकम पठाउन लगाएपछि उनी सम्पर्कविहीन हुने गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर