विषयगत समितिका लागि मंगलबार साँझसम्म सदस्यको नाम पठाउने सहमति

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समितिलाई चाँडै टुंगो लगाउने निर्णय गरेको छ। सोमबार संसद भवनमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसहितको बैठकले अबको एक, दुई दिनभित्र नै विषयगत समितिहरूको टुंगो लगाउने सहमति भएको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले प्रतिनिधि सभाको बैठकको कार्यसूचीको विषयमा छलफल गरेको बताए। उनले नयाँ संसदपछि हालसम्म २० वटा बैठक बसिसके पनि विषयगत समिति बन्न नसकेकाले विषयगत समिति बनाउने विषयमा छलफल केन्द्रित भएको बताए।

उनले सबै दलहरूले मंगलबार बेलुकासम्म विषयगत समितिका लागि सदस्यको नाम पठाउने सहमति जुटेको पनि बताए। उनले नेकपा (एमाले) ले पनि मंगलबार बेलुकासम्म समितिका लागि सदस्यहरूको नाम पठाउने बताए। उनले संयुक्त संसदीय समितिका लागि पनि छलफल भएको बताए।

सचेतक बर्तौलाले संसदीय सुनुवाइ समिति नहुँदा विभिन्न संवैधानिक परिषदसम्बन्धी विषय र प्रधानन्यायाधीश नियुक्ति टुंगो लाग्न नसकेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर