समाजमा अराजक गतिविधि बढे, बुद्धिजीविले हस्तक्षेप गर्न आवश्यक देखियो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी देखिएको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले पछिल्लो समय कम्युनिष्ट आन्दोलनमा मात्र नभई देशको समग्र राजनीतिमा र आर्थिक विकासको प्रक्रियामा नै विचार, सिद्धान्त, मूल्य, आदर्शमा विचलन देखिएको दाबी गरे। उनले समाजमा देखिएका अराजकताका कारण खतरा पैदा हुने हो कि भन्ने डर पलाएको बताए।

उनले गत निर्वाचनमा विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई एजेण्डालाई भन्दा मान्छे सेन्टिमेण्टलाई प्रश्रय दिएकोप्रति दुःख व्यक्त गरे। उनले समाजमा यस किसिमका गतिविधि बढ्दै जाँदा बुद्धिजीविहरूले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताए।

उनले लामो संघर्ष र बलिदानबाट आएका पार्टीहरू, त्यसका नेताहरूप्रति सजिलै नराम्रा अभिव्यक्ति दिन समाज लागिपरेको बताए। उनले लेख, रचनाहरूतिर भन्दा सोसल मिडिया, युट्युब, टिकटकमा लागेर मानिसहरूमा क्षणिक उत्तेजना, क्षणिक आवेग र अराजक गतिविधिलाई अंगाल्ने परिपाटी विकसित हुँदै गएको बताए।

प्रधानमन्त्री दाहालले इतिहासको चक्कालाई धकेल्न खोज्ने प्रवृत्ति देखापरेको भन्दै रोक्ने चुनौती आफूसमक्ष रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर