एसएसपी उद्धवबहादुर न्यौपानेको कमाण्डमा १८० जना सशस्त्र प्रहरी दक्षिण सुडान जाँदै

शान्ति मिसनमा दक्षिण सुडान जान लागेका सशस्त्र प्रहरी टोलीको बिदाइ गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दक्षिण सुडानमा संयुक्त राष्ट्र मिसनमा जान लागेका टोलीको बिहीबार बिदाइ गरेका हुन्।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक उद्धवबहादुर न्यौपानेको कमाण्डमा १६ जना सिनियर अधिकृत, ३४ जना जुनियर अधिकृत र १३० जना विल्लादार जवानहरू गरी १८० जना सशस्त्र प्रहरी कर्मचारीहरू वैशाख १६ गते साँझ दक्षिण सुडान जाने छन्। नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू) वान जुवामा कार्यरत दशौं डफ्फालाई बदली गर्न उनीहरू त्यसतर्फ जान लागेका हुन्।

सन् २००३ बाट सशस्त्र प्रहरी बल यूएन मिसनअन्तर्गत पहिलो पटक लाइबेरियामा खटिएको थियो। सो मिसन सन् २०१६ मा बन्द भएको हो। त्यसअघि दक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बललाई थप मिसन प्राप्त भएको थियो। सो मिसनको पहिलो कमाण्डरको रूपमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दर्जामा रहँदा कमाण्ड सम्हालेका थिए। सो मिसनमा हाल १८० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन्।

पछिल्लो पटक सशस्त्र प्रहरी बल नेपालको तर्फबाट अफ्रिकी मुलुक माली मिसनका लागि १४० जनाको टोली तयारी हालतमा राखिएको छ भने सो टोली निकट भविष्यमा त्यसतर्फ प्रस्थान गर्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर