भ्रष्टाचारीहरूलाई कारबाही गर्ने कुरामा दबाबमा पर्दिनँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारीहलाई कारबाही गर्ने कुरामा सरकार दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्धको सरकारको अभियान नरोकिने स्पष्ट पारे। उनले भ्रष्टाचारविरुद्धको अभियान प्रक्रिया र पद्धतिअनुसार अघि बढ्ने बताए। उनले दोषी नछुटाउने र निर्दोषी नफस्ने गरी काम गर्ने बताए।

उनले भने,‘यो अभियान रोकिँदैन। प्रक्रिया, पद्धतिअनुसार दृढताका साथ अघि जान्छ। दोषी कोही नछुटून्, निर्दोष कोही नपरून् भन्ने मान्यताबाट हामी अघि बढ्छौं। म दबाबमा पर्दिनँ, कारबाही अघि बढ्छ।’

प्रधानमन्त्री दाहालले आफू दबाबमा नपरीकन काम गर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *