सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले सरकार नराम्रा काम गर्दै नगर्ने पक्षमा रहेको पनि बताए। उनले देशको सुशासनका लागि सबैले साथ दिन आवश्यक रहेको बताए।

उनले वर्तमान अवस्थामा पनि जटिलताहरू धेरै रहेको उल्लेख गर्दै इमान्दार कम्युनिष्टहरूको आवश्यकता रहेको बताए। प्रधानमन्त्री दाहालले सरकार सामाजिक न्याय र समृद्धिका लागि अघि बढेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *