हरि बुढामगरले ‘अपांगता’ शब्द मानिसको सोचमा मात्रै हुने प्रमाणित गर्नुभयो : राज्यमन्त्री सिर्पाली

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले सगरमाथा आरोही (दुवै खुट्टा गुमाएका) हरि बुढामगरले अपांगता शब्द मानिसको सोचमा मात्रै हुने प्रमाणित गरेको बताएकी छन्।

बुधबार संस्कृति, पर्यटन त्था नागरिक उड्डयन मन्त्रालयमा बुढामगरसहितको आरोही टिमलाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सबै सबल भएको व्यक्तिले समेत जीवनमा असफल भइने हो कि भन्ने सोच्ने गरेको उल्लेख गर्दै आरोही बुढामगरले आँट गरे असम्भव केही नरहेको जिकिर गर। उनले सोचमा अपांगता भएको खण्डमा कुनै पनि काम गर्न नसकिने बताए।

राज्यमन्त्री ठकुरीले हरि बुढामगरको आरोहणले अनुसन्धानको विषय बनाएको पनि बताए। मृतकलाई बचाउन बाहेक सबैकुरा जीवनमा आँट र इच्छाशक्ति भए सम्भव छ भन्नेकुराको प्रमाणित गरेको राज्यमन्त्री ठकुरीको भनाइ थियो।

सम्मान ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सगरमाथा आरोही हरि बुढामगरले हिमाल चढ्न सुरुमा अनुमति लिन जाँदा नदिएको सरकारले आज सम्मान गरिरहँदा धेरै खुसी लागेको बताए। उनले आफ्नो आरोहणसँगै विश्वमा नै नेपालमा शारीरिक अशक्तता भएकाहरूलाई पनि हिमाल आरोहणका लागि स्वागत छ भन्ने सन्देश गएको बताए।

उनले शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई अझै जीवन र केही नयाँ गर्न आँट र इच्छाशक्ति चाहिन्छ भन्ने सन्देश गएको बताए।

आरोही बुढामगरले सगरमाथा आरोहणका लागि पहिला सानासाना हिमालहरूको आरोहण गरेर मात्रै जान सुझाव दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर