‘घरजग्गा लोन सेवा’ नामक फेसबुक पेज बनाएर ऋण दिन्छु भन्दै ५७ लाख ठगी, एक पक्राउ

‘घरजग्गा लोन सेवा’ नामक फेसबुक पेज बनाएर ऋण दिन्छु भन्दै ५७ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची-११ घर भई काठमाडौंको बसुन्धरा बस्ने २७ वर्षका नकुल चालिसे, आकाश भट्टराई, आरएन क्षेत्री भनिने रामचन्द्र चालिसे रहेकाे जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार रामचन्द्र चालिसेले उत्तमकुमार, राजकुमार तामाङ, सोनुबाबु लामा र विष्णु क्षेत्री तथा गणेशबहादुर खड्का लगायतका व्यक्तिलाई ऋण दिन्छु भनेर उनीहरूसँग ५७ लाख २० हजार लिएका थिए।

उनले अर्काको नागरिकता दुरुपयोग गरेर विभिन्न बैंकमा खाता खोली ती खाताको चेक दिई उनीहरूलाई ठगेको पाइएको प्रहरीको दाबी छ।

उनीमाथि ठगी तथा बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *