राष्ट्रपति पौडेलको मुटुमा राखियो पेसमेकर

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेसमेकर राखिएको छ।त्रिवि चिकित्साशास्त्र अध्ययन संस्था शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरेर पेसमेकर राखिएको हो।

पेसमेकर मुटुको चाल स्थिर बनाउने सानो यन्त्र हो। राष्ट्रपति पौडेलको मुटुको धडकन अस्थिर भएपछि गत शनिबार राति उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

अस्पताल स्रोतका अनुसार अहिले पौडेलको स्वास्थ्य अवस्था सामान्य छ।

योभन्दा पहिले राष्ट्रपति पौडेल जेठ ३० गते सामान्य स्वास्थ्य परीक्षणका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र भर्ना भएका थिए। अस्पतालमा एक दिन चिकित्सकको निगरानीमा राखेर राष्ट्रपति पौडेललाई जेठ ३१ गते डिस्चार्ज गरिएको थियो।

राष्ट्रपति पौडेलको छाती र पेटमा समस्या देखिएपछि चैत १८ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो। त्यसको चार दिनपछि चैत २२ गते उनी डिस्चार्ज भएका थिए।

वैशाख ५ गते राष्ट्रपति रामचन्द्र पौडेलको फोक्सोमा समस्या आएपछि शिक्षण अस्पतालमा पुनः भर्ना गरिएको थियो। सोही समयमा छातीमा संक्रमण देखिएपछि चिकित्सकको सल्लाहअनुसार वैशाख ६ गते उनलाई थप उपचारका लागि भारत लगिएको थियो।

भारतको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा लामो उपचारपछि उनी वैशाख १७ गते डिस्चार्ज डिस्चार्ज भएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *