चित्त बुझ्ने गरी काम नगरे गठबन्धन फेरिन्छ, नयाँ सरकार बन्छ : गगन थापा

'समाजवादी मोर्चामा एमाले पनि थपियोस्, कांग्रेस एक्लै लड्छ'

सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चित्त बुझ्ने गरी काम नगरे गठबन्धन फेरिने र नयाँ सरकार बन्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठीक ढंगले नचले गठबन्धन फेरिने र नयाँ सरकार बन्ने बताएका हुन्।

‘हामी अहिले एक गठबन्धनमा छौं, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ। नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन। बन्छ, भत्किन्छ,’ उनले भने।

उनले सरकार छाड्नुपरे पनि नडराइकन एक्लाएक्लै चुनाव लड्न कांग्रेसले सक्नुपर्ने बताए। महामन्त्री थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको जिकिर गरे।

‘ज्यान गए जाओस्, कांग्रेस छोड्दिनँ भन्छ भने आज हामी सरकार गए जाओस् भन्न किन नसक्ने? जाओस् न त सरकार,’ उनले भने।

उनले समाजवादी मोर्चामा अझै नेकपा (एमाले) पनि थपिएर कम्युनिष्टहरू एकै ठाउँमा भए पनि कांग्रेसलाई फरक नपर्ने बताए।

‘समाजवादीमा एमाले पनि थपियोस्। एक्लै लड्छ कांग्रेस, नजिते चकटीमा बस्छ, के बिग्रिन्छ। अब नेपाली कांग्रेसले छलफल गर्ने बेला आएको छ,’ उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर