कपनमा बालेनको डोजर, स्थानीयको विरोध (तस्बिरहरू)

बूढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर ७ को सिमानाा पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन महानगरको टोली कपन पुगेको छ ।

बिहीबार काठमाडौं महानगरपालिका-७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरपालिकाको नगर प्रहरीको टोली कपनको साततले पुगेको हो ।

स्ल्याब हटाउन गएको महानगरको नगर प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । स्थानीयको विरोधपछि डोजर चल्न दिइएको छैन ।
काठमाडौं महानगरपालिकाले कुनै जानकारी नदिई एकाएक साततलेमा डोजर चलाएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर