भन्सारका कर्मचारीलाई अर्थमन्त्रीले भने- व्यक्तिगत फाइदाका लागि बार्गेनिङ नगरौं

अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीले आयताकर्ता र करदाताहरूलाई अफ्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि बार्गेनिङ नगर्न सचेत गराएका छन्।

आइतबार भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै उनले आयतकर्ता र करदाताहरूलाई अफ्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने बताए ।

‘सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरूरी छ। मलाई अधिकार छ, त्यसको दुरूपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ मैले धेरै भन्सार नाकाको भ्रमण गरेँ, कर्मचारीले त्यस किसिमको व्यवहार गरेर रिर्पोटिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ,’ उनले भने।

बदलिँदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आवश्यक भएको उनको भनाइ छ।

उनले भन्सारका कर्मचारी इमान्दार भए लक्ष्यको शत प्रतिशत राजस्व संकलनमा सफलता प्राप्त हुने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर