राजनीति

एमालेले संसदलाई अनिर्णयको बन्दी बनायो : रामहरि खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेकपा (एमाले) ले संसदलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संसद खुलाएर शून्य समयसम्म जान आग्रह गर्दा समेत एमालेले नमानेको बताए।

उनले भने, ‘आज संसद खुलाएर शून्य समयसम्म जाऔं भन्दा पनि उहाँहरू मान्नुभएन। सधैं अनिर्णयको बन्दी बनाएर जनतामा के भनेर जानुहुन्छ? उहाँहरूलाई पनि जिम्मेवारी दिइएको छ।’

‘कानूनले विश्वास गरेका संयन्त्रलाई अविश्वास गरेर समस्या समाधान हुन्छ?,’ एमालेलाई उनको प्रश्न छ ।

उनले भने, ‘कानूनले विश्वास गरेका संयन्त्रलाई चाहिँ अविश्वास गर्ने अनि अरूलाई गाली गरेर समस्या समाधान हुन्छ? त्यसैले नेकपा (एमाले) लाई आग्रह गर्न चाहन्छु, तपाईंहरू केहि नभनी हामीसँग यहाँ आएर संसद चल्न दिनुुस्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर