एमसीसी सम्झौता खारेजी मात्र होइन फिर्ता हुनुपर्छ : सीपी गजुरेल

'एमसीसी पास भए आत्महत्या गर्छु भन्नेहरू आज मन्त्रिमण्डलमा छन्'

क्रान्तिकारी कम्युनिष्ट पार्टीका वरिष्ठ नेता सीपी गजुरेलले अमेरिकासँगकाे एमसीसी सम्झाैता खारेजी मात्र नभई फिर्ता हुनुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित ‘एमसीसी खारेज वा फिर्ता’ विषयक विशेष अन्तर्क्रिया कार्यक्रममा नेता गजुरेलले एमसीसी सम्झौता राष्ट्रघात भएको टिप्पणी गरे। उनले एमसीसी अब लागू गर्दैनौं भनेर पार्टीहरू उठिदिए भने सम्झौता फिर्ता हुने भन्दै एमसीसी खारेजी मात्र नभई फिर्ता नै हुनुपर्ने बताए।

उनले भने,‘एमसीसीको सम्झौता संसदबाट अनुमोदन गरेर दलहरूले देशका विरूद्ध ठूलो अपराध गरेका हुन्। अपराध कम गर्न त्यो बेला पारित गर्‍याैं, अब लागू गर्दैंर्नौ भनेर पार्टीहरू उठिदिए भने, त्यहाँ सहमति भइदियो भने सम्झौता उसले फिर्ता लैजानुपर्छ। आज हाम्रो माग एमसीसी खारेजी मात्र होइन फिर्ता हुनुपर्छ।’

नेता गजुरेलले एमसीसी पास भयो भने आत्महत्या गर्छु भन्नेहरू नै आज मन्त्रिमण्डलमा रहेको बताए। आत्महत्या गर्छु भन्नेहरूले आन्दोलनमा सहभागी भएर पाप नपखाले इतिहासले त्यसको सजाय दिने तर्क पनि गजुरेलले गरे।

उनले भने, ‘हिजो एमसीसी पास भयो भने आत्महत्या गर्छु भन्नेहरू आज मन्त्रिमण्डलमा पो छन्, के आत्महत्या गर्नु। हिजो आत्महत्या गर्छु भन्नेहरूले पाप पखाल्नका लागि भए तापनि कुनै न कुनै किसिमबाट आन्दोलनमा सहभागी भएर त्यो पाप पखाल्नुपर्छ। आएन भने इतिहासले त्यसको सजाय उनीहरूलाई दिनेछ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर